माछापुच्छ्रे क्यापिटलको औपचारिक शुभारम्भ

 अर्थ बुलेटिन संवाददाता   २४ माघ, २०७६



काठमाडौं । म्माछापुच्छ्रे  बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको विहिबार एक औपचारिक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना रमाछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले  संयुक्तरुपमा उद्घाटन गरेका छन् । 

उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफलहोस भन्ने शुभकामना व्यक्त गरे ।

साथै, पुँजीबजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने बिश्वास लिएको जानकारी गराए । त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे  क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिए ।

क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभै देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पु¥याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त समारोह माछापुच्छ्रे  क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation