नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच सहकार्य

 अर्थ बुलेटिन संवाददाता   २४ माघ, २०७६



काठमाडौं ।  नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेडबीच पेमेन्ट गेटवे सेवाका लागि विशेष सम्झौता भएको छ । नेपाल टेलिकमले  आफ्नो  १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारेर नबिल बैंक संगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको छ।

यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको बेभसाईटमा रहेको कार्ड पे मेन्ट सुविधा मार्फत सम्पूर्ण भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी हाललाई पोष्ट पेड र प्रि पेड मोेवाईलको रिचार्ज, टाई अप गर्न सक्नेछन । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने छ।

बिशेष समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत  भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत  बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा मार्पmत संसारको कुनै पनि कुनाबाट भिसा  तथा मास्टर कार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिर्चाज वा व्यालेन्स टाईअप गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिईएको जानकारी गराए । हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ ।  

त्यस्तै नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरुलाई थप जिम्मेवार बनाएको जानकारी गराए  ।

नेपालमा दुरसंचार सेवा प्रदान गरेको १०० बर्ष भन्दा बढी अनुभव बनाई सकेको नेपाल टेलिकमले मोबाइल सेवाको संचालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि संचालनमा ल्याएको हो। लामो ऐतिहासिक पृष्ठभूमि भएका यी दुवै संस्थाका सेवाबाट नेपालका करोडौ सेवाग्राहीहरू लाभान्वित हुदै आएका छन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११२ शाखा १६० ए. टि. एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation