सिभिल बैंकको रन्जनालिपि भएको परिचय पाटी सहितको भीमसेनस्थान शाखाको उद्घाटन सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   २४ माघ, २०७६



काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर चिन्तामणि शिवाकोटीले आज एक समारोहबीच सिभिल बैंक लिमिटेडको भीमसेनस्थान शाखाको समुद्घाटन गर्नुभयो । उदघाटन समारोहमा वहाँले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुरर्याएमा देश आफै समृद्ध हुने बताउनु भयो । 

उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिनुभयो र आफुले बैंकलाइ आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने कुरा बताउनु भयो । 

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी,व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताउनुभयो । 

सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गले सिभिल बैंक समाजसंग निकटभएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचापनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने कुरा बताउनुभयो ।

समारोहका अध्यक्ष तथा सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गबाट परोपकार आदर्श मा. बि.को कक्षा ९मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर.प्रोग्राम अन्तर्गत मासिक रु ३०००का दरले १ वर्षको जम्मा रु ३६०००को आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो साथै कामपा वडा नं २०कै सर्वाधिक ज्येष्ठनागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोलाबहादुर बिस्ट तथा शाखाप्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरी वहाँबाट आशीर्वाद ग्रहणपनि गरीएको थियो ।

उक्तशाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्ग्, सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, सिभिल बैंकका चिफ क्रेडिटअ फिसर सचिनजङ्ग रायमाझी, सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्ट लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंग सेवाकाउन्टर बाट सेवाप्रदानगर्दै आएको कुरा पनि बैंकले जनाएको  छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation