काठमाडौं भीमसेनस्थानमा सिभिल बैंकको शाखा उद्घाटन, रन्जना लिपि भएको परिचयपाटी

 अर्थ बुलेटिन संवाददाता   २६ माघ, २०७६



काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुुक्रबार एक समारोहबीच सिभिल बैंक लिमिटेडको भीमसेनस्थान शाखाको समुद्घाटन गरेकाछन् । उदघाटन समारोहमा उनले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्केर बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए ।

उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए र आफुले बैंकलाइ आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने कुरा बताए । 
उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागि व्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिका लागि दत्त चित्त भएर काम गर्ने बताए । 

बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गले सिभिल बैंक समाजसंग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भएबमोजिम शाखाको परिचयपाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए । 

समारोहका अध्यक्ष तथा सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गबाट परोपकार आदर्श माबिको कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर. प्रोग्राम अन्तर्गत मासिक तीन हजारका दरले १ वर्षको जम्मा ३६ हजार रुपैयाँको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

साथै कामपा वडा नं २० कै सर्वाधिक ज्येष्ठ नागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोलाबहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरेका थिए । 

उक्त शाखा समुुद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटी, सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्ग्, सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सिभिल बैंकका प्रमुख कार्यकारी गोविन्द गुरुङ,  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, सिभिल बैंकका चिफ क्रेडिट अफिसर सचिन जङ्ग रायमाझी, सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्ट लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । 

बैंकको हालसम्म चार लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेको ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  अर्व कर्जा लगानी गरेको र यस बैंकको देशभर एक सय छ वटा शाखाहरु तथा दुुई वटा एक्स्टेन्सन काउन्टर र पाँच वटा शाखारहित बैंकिंग सेवा काउन्टर बाट सेवा प्रदान गर्दे आएको कुरा पनि बैंकले जनाएको  छ । 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation