एभरेष्ट र प्राईम लाइफ इन्स्योरेन्सद्वारा घुम्ती सेवा शुभारम्भ

 अर्थ बुलेटिन संवाददाता   २६ माघ, २०७६



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले संयुुक्तरुपमा घुम्ती सेवा सञ्चालन गरेकाछन । बिमा समितिद्वारा मिति २०७६ मंसिर २४ गते जारी “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीद्वारा संयुुुक्त रुपमा घुम्ती बिमा सेवा ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्वारा, बर्दियाबाट एक भव्य कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।

ग्राहक महानुभावहरुलाई घरदैलो वाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले यो घुम्ती बिमा सेवा संचालन गरिएको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहको चाहना बमोजिम भविष्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिए ।  

घुम्ती बिमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरे । 

उक्त समारोहमा प्रमुख अतिथिको आशनग्रहण गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको जानकारी दिए । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation