सुुगन्ध थाल्सेमिया प्रोजेक्टलाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

 अर्थ बुलेटिन संवाददाता   २८ माघ, २०७६



काठमाडौं । महालक्ष्मी विकास बैंकले सुुगन्ध थाल्सेमिया प्रोजेक्टलाई सहयो गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बिराटनगर शाखाले थाल्सेमिया रोग बाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थाल्सेमिया प्रोजेक्लाई दुुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

यही माघ २५ गते शनिबार  आर्दश मा.वि.विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा बिराटनगर प्लाटिनम राउण्ड टेवल ११ द्वारा आयोजित उद्योग, वाणिज्य तथाआपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहका बिच बैंकको बिराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation