असारसम्म ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याइने

 अर्थ बुलेटिन संवाददाता   १ फागुन, २०७६



काठमाडौं ।  अगामी असारसम्ममा सबै स्थानीय तहमा वाणिज्य बैंकहरुका साखा  पुर्याइने भएको छ । आगामी असारसम्ममा ७ सय ५३ वटै स्थानमा साखा पुर्याउन  लागेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको हो  । ८ गाउपालिकामा अहिलेसम्म पनि वाणिज्य बैंंक  पुग्न सकेका छैनन् ।

आगामी असारसम्ममा सबै स्थानीय तहमा बैंकका शाखा पुग्ने  बैंकर्स एसोसिएसन्का अध्यक्ष भुवन कुमार दाहालले जानकारी गराए ।  उनले भने ‘आगामी असारसम्ममा सबै तहमा पुग्नेछौं, यसअघि भौगोलिक कठिनाईका कारण पुग्न नसकेका हौैं ।’ शान्ति सुरक्षालगायत अत्यावश्यक पूर्वाधार नहुदा ती पालिकामा बैंक पुग्न नसकेको उनको भनाई छ ।

०७६ असारसम्म सबै पालिकामा बैंक पुर्‍याउन राष्ट्र बैंकले निर्देशन दिएको थियो। तोकिएको मितिमा शाखा पुर्‍याउन नसके पनि दुई वर्षको अवधिमा ९९ प्रतिशत पालिकामा बैंक पुग्नु निकै राम्रो भएको बैंकहरू बताउँछन् । अत्यावश्यक पूर्वाधारको अभाव रहँदारहँदै पनि बैंकहरूले सम्भव भएका स्थानमा शाखा विस्तार गरिसकेको बैंकर्स संघको दावी छ।

प्रदेश ५ का बाहेक सबै पालिकामा वाणिज्य बैंक पुग्न सकेका छन् ।  जसमध्ये वाग्मती र सुदूरपश्चिम स्थानीय तहमा २र२ स्थानीय तहमा बैंक शाखा पुगेका छैनन् । बाकी प्रदेश १, २, ४ र ६ स्थानीय तहको १र१ स्थानमा बैंक नपुगेको राष्ट्र बैंकको तथ्यांक छ।

मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ पालिकामध्ये २ सय ९५ मा पहिले नै वाणिज्य बैंकका शाखा पुगिसकेका थिए । ०७५ चैतसम्म यो संख्या बढेर ३ सय ९४ पुगिसकेको थियो।

बाँकी २ सय ४३ पालिकामा बैंकहरूले स्वैच्छिक रूपमा शाखा स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसअघि प्रतिबद्धता जनाइसकेका २ सय ४३ पालिकामा ०७५ वैशाखभित्र र बाँकी १ सय १६ पालिकामा शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation