सोमबार दुई अर्बको टेजरी बिल बिक्री हुने

 अर्थ बुलेटिन संवाददाता   ४ फागुन, २०७६



काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । 

 उक्त टेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको टेजरी बिल बिक्री गरेको थियो ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation