सेञ्चुरी बैंक र होटेल सामना तथा होटेल सुर्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर

 अर्थ बुलेटिन संवाददाता   ५ फागुन, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र हेटौंडा–४,मकवानपुरस्थित होटेल सामना प्रा.लि. तथा हेटौडा–१०, मकवानपुरंस्थित होटेल सुर्यान्स प्रा.लिबिल विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने  होटेल सुर्यान्सको सेवासुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

होटेल सामना प्रा.लि. संगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेकाछन । साथै, होटेल सुर्यान्स प्रा.लि.संगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरीले हस्ताक्षर गरेका हुुन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation