‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस’मा माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल प्रवेश

 अर्थ बुलेटिन संवाददाता   ६ फागुन, २०७६



काठमाडौं । काठमाडौंमा जारी माछापुच्छ्रे  बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे  बैंक प्रि क्वाटर फाईनलमा प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे   बैंकले सनराईज बैंकलाई चार विकेटले पराजित गरि प्रि क्वाटर फाईनलमा प्रवेश गरेको हो । 

क्वाटर फाईनल प्रबेशको लागि माछापुच्छ्रे  बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाण्डौको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे   बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमिफाईनल तथा फाईनल खेलहरु हुनेछन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation