२५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बैंक अफ काठमाण्डूका विभिन्न कार्यक्रमआइसीयु कक्ष निर्माण गर्न एक करोड सहयोग

 अर्थ बुलेटिन संवाददाता   ७ फागुन, २०७६



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आज फाल्गुण सात गते एक कार्यक्रमका बिच पत्रकार सम्मेलन आयोजना गरेकोे छ । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालको प्रमुख आतिथ्यतातथा बैैंकको संचालक समिति, ब्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालद्वारा पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरीएको थियो । तत्पश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै उक्त समारोहमा उपस्थित सम्पूर्ण उपस्थितजनहरुलाई विशेष धन्यबाद ब्यक्त गरेका थिए । 

उक्त कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालले बैंकको २५ औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५ औं वर्ष सम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गरे ।

त्यसैगरी, बैंकले रजतउत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुुन । साथै, सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदान गर्न पाँच लाख रुपैयाँ सहयोग घोषणा गरी सेजोन, नेपालका सभापति भिम प्रसाद गौतमलाई चेक हस्तान्तरण गरेकाछन । 

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देवपन्तले कार्यक्रममा प्रमुख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपाल तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिवर्गहरु तथा सन्चारकर्मी महानुभावहरुmलाई उपस्थितिका लागि धन्यबाद व्यक्त गरे । 

बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् ।  आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार बैंकले गत आ. व. को दोश्रो त्रैमासको तुलनामा खुद मुनाफामा २० प्रतिसतले वृद्धि गरी ८८ करोड ३८ लाख कमाउन सफल भएको छ ।

साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामाक्रमशः सात दसमलव ८४ प्रतिसत  र नौ दसामलव १४ प्रतिसतले वृद्धि भई क्रमशः ९० अर्ब ११ करोड तथा ८२ अर्ब ४९ अर्ब पु¥याउन सफल भएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation