काठमाडौंको जोरपाटीमा देवः विकास बैंकको शाखा कार्यालय उद्घाटन

 अर्थ बुलेटिन संवाददाता   ८ फागुन, २०७६



काठमाडौं । देवः विकास बैंक लिमिटेडको गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको फागुुन सात गते आयोजित एक कार्यक्रम बीच बैंक संचालक समितिका सदस्य भरत बहादुर हमालबाट औपचारिक उद्घाटन गरेकाछन ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दे संचालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए । कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष  रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे ।

कार्यक्रममा बैंकका संचालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरिक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए भने गोकर्णेश्वर नगरपालिका, वडा नं ६ का सदस्यहरु जगनाथ ढकाल तथा नवराज लामाको पनि उपस्थिति थियो । 

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दे बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए । कार्यक्रममा, बैंकका क्षेत्रिय प्रमूख, पत्रकार, विभिन्न संघसंस्थाका प्रमूख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation