दुुई अर्ब ५० करोड बराबरको ऋणपत्र बजारमा ल्याउँदै सिटिजन्स बैंक

 अर्थ बुलेटिन संवाददाता   ८ फागुन, २०७६



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुुई अर्ब ५० करोड बराबरको ऋणपत्र १० दशमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६ चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्तऋणपत्र दश (१०) वर्षको अवधिका  लागि निष्काशन गर्न लागिएको हो ।

दुुई अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र एक हजार अंकित मूल्यका  २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्व ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत ) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगतरुपबाट बिक्री गरिने बैंकले जानकारी गराएको छ ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा विक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५ प्रतिसत सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलबिबिबि प्लस रेटिङ्ग मिति २०७६/०७/०७ मा प्रदान गरेको हो । उक्तक्रेडिट रेटिङ्ग प्राप्त गर्ने इन्स्ट्रमेन्टलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा  सुरक्षित मानिन्छ । 

बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमावित्तीय सेवा सुविधाउपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशत सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation