कामना सेवा विकास बैंकद्वारा प्रथम स्थान हासिल

 अर्थ बुलेटिन संवाददाता   ८ फागुन, २०७६



काठमाडौं । एस एस इभेन्टस् प्रा. लि.द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भए र उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे । उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो ।

खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेत खेल मैदानमा नै पुग्नु भएको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा एक सय २० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकल एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation