बैंक अफ काठमाण्डूद्वारा ‘बिओके सहज बचत खाता’ सञ्चालनमा

 अर्थ बुलेटिन संवाददाता   १२ फागुन, २०७६



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके सहज बचत खाता सार्वजनिक गरेको छ । ग्राहकसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको  हो ।

२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकहरुले मात्र २५ रुपैयाँमा नै खाता खोल्न सक्नेछन । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेकाछन ।

खातामा वार्षिक छ प्रतिसत ब्याजदर, न्यूनतम् मौज्दात २५ रुपैयाँ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहक महानुभावहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ । 

हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation