इन्टेल एक्सप्रेस र जि.एम.इ रेमिटबीच विप्रेषण सम्झौता

 अर्थ बुलेटिन संवाददाता   १२ फागुन, २०७६



काठमाडौं । जिएससी एमएफआई इन्टेल एक्सप्रेस र जि.एम.इ रेमिट प्रालिबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र जिएससी एमएफआई इन्टेल एक्सप्रेसको तर्फबाट प्रमुख निर्देशक डेबिड टाभरकिलाज्डले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात यही फागुुन १२ गते अर्थात आज सोमबारबाट इन्टेल एक्सप्रेस मार्फत विश्व भरीबाट पठाएको रकमजि.एम.इ रेमिट को ८००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापानलगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation