एन आई सी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा विशेष छुट पाउने

 अर्थ बुलेटिन संवाददाता   १२ फागुन, २०७६



काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकरूलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएकाछन । एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहक महानुभावहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा छुुट दिने सम्झौता भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुुन । 

सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पस र क्युु ओर कोड प्रयोग गरी सोनी ब्राभियाका टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम दुुई हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो । 

बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकहरूले सजिलै प्राप्त गर्न सक्नेछन ।

विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न तीन हजार सात सय भन्दा बढि स्थानहरुबाट पस तथा १२ हजार भन्दा बढि स्थानहरुबाट क्युुआर कोड स्क्यान  सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation