मुक्तिनाथ विकास बैंकद्वार एकसाथ दुई कर्जा योजना सञ्चालनमा १५ बर्षको लागि आकर्षक ब्याजदर

 अर्थ बुलेटिन संवाददाता   १४ फागुन, २०७६



काठमाडौं । मुक्तिनाथ विकास बैंकले  घर पूँजी कर्जा योजना सञ्चालनमा ल्याएको छ । आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी , घरजग्गा तथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व–लगानीमा डेव्ट लिभरेज लिने गरी ईक्विटी फाईनान्ससिङ गरिने र अन्थ बैंक तथावित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनः लगानी गर्न सकिने गरी बैंकले सो योजना ल्याएको हो । घर पूँजी कर्जा आकर्षक ब्याजदरमा १५ बर्षको लागि लिन सकिनेछ ।

यसका साथै, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालु पूँजी स्व–लगानीमा फाईनान्सीयल लिभरेज लिने गरी उद्योग, व्यापार एंव सेवामुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिने छ । 

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation