सिद्धार्थ बैंक नेपाल स्टारको बैंकिङ पार्टनर

 अर्थ बुलेटिन संवाददाता   १५ फागुन, २०७६



काठमाडौं । सिद्धार्थ बैंक नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार’को बैकिङ पार्टनर बनेको छ । बैंक ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट सुरु हुन लागेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ पार्टनर बनेको जानकारी दिएको छ । 

एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको हो । कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्यबद्धता जनाएका छन् ।

कार्यक्रममा अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको जानकारी दिए ।

उनले राष्ट्रिय कार्यक्रमको रुपमा प्रसारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने बताएकाछन । 
नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनको तर्फबाट महाप्रबन्धक गोविन्द रोक्काले यस प्रतियोगितामा सिद्धार्थ बैंकलाई भित्र्याउन पाउँदा खुसी लागेको बताएछन ।

‘नेपाल स्टारमा बैंकिङ पार्टनरको रुपमा सहकार्य गर्न पाउदा सिद्धार्थ बैक गौरव महशुस गर्दछ’, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले भने, ‘यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको छ ।’यस किसिमका राष्ट्रियस्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्नेेमा गौतमले जोड दिए ।

गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्णायक वरिष्ठ संगीतकार आलोकश्रीले बताएकाछन । यसमा वरिष्ठ गायक गायिका रामकृष्ण ढकाल र अन्जु पन्तसहितको टोलीले नयाँ कलाकारको खोजी गर्ने जानकारी दिईएको छ ।

बैकले हाल देशभर एक सय ८० वटा शाखा ( तीन वटा एक्सटेन्सन् काउन्टरसहित), एक सय एक शाखा रहित बैंकिङ्ग सेवा, दुुई सय चार एटीएम र १६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation