एन आई सी एशिया क्यापिटल र सानिमा जनरल इन्स्योरेन्सबीच सम्झौता

 अर्थ बुलेटिन संवाददाता   १५ फागुन, २०७६



काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडबिच सम्झौता भएको छ । दुुबै संस्थाबिच सानिमाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरले हुने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि सम्झौता भएको हो ।  

साथै, हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरे पश्चात चुक्ता पूँजी  एक अर्ब रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation