एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी क्राउन प्लाजामा छुट

 अर्थ बुलेटिन संवाददाता   १६ फागुन, २०७६



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडल र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ ।

काठमाडौंको सोल्टी क्राउन प्लाजा प्रदेश नं.३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रुपमा प्रख्यात छन् ।

एम्ओयूमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १०% छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव “सभिर्स वीथ स्माइल” नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

एभरेष्ट बैंकको ग्राहक आधार संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रकै उच्च हो । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज्ड कर्मसियल बैंक २०१९ बाट सम्मानित हुनुका साथैै क्यामेल्स रेटिङ अन्र्तगत बेष्ट रेटेड कर्मसियल बैक बन्न सफल भएको छ ।

बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम बाट  मजबुत सेवा प्रदान गदै आईरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation