रोल्पाको माडीमा एनएमबिको नयाँ शाखा सञ्चालनमा

 अर्थ बुलेटिन संवाददाता   १६ फागुन, २०७६



काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । उर्जा मन्त्री  वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा फागुुन १५ गते माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुुन् । 

२४ बर्षदेखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरु द्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation