३० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

 अर्थ बुलेटिन संवाददाता   २४ चैत, २०७६



काठमाडौं । नेपाल राष्ट्र बैकले ३० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आगामी बिहिबार पाँच बर्षे अवधिको विकास ऋणपत्र २०८१ “घ” जारी गर्न लागिएको हो । 

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले चैत २७ गते बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्नेछन् ।

सावाँ भुक्तानी मिती बिसं २०८१ चैत २८ गते तोकिएको ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । खरिद गरेको ऋणपत्र धितो राखेर बैंकबाट कर्जा समेत लिन सकिने ऋणपत्रको दोस्रो बजार कारोवार भने नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने राष्ट्र बैंकले जानकारी दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation