कोरोना रोकथाम कोषमा महालक्ष्मी विकास बैंकको ५० लाख सहयोग

 अर्थ बुलेटिन संवाददाता   २५ चैत, २०७६



काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश सरकारलाई ४ लाखका दरले २८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्नमद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घर भित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation