सानिमा बैंकद्वारा कोरोना रोकथाम कोषमा १० लाख सहयोग

 अर्थ बुलेटिन संवाददाता   २८ चैत, २०७६



काठमाडौं ।  कोरोना महामारी नियन्त्रण रोकथाम तथा उपचारका लागि सानिमा प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैया सहयोग गरेको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई बैंकले उक्त रकम सहयोग गरेको हो ।

बैंकको जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ग्रामीण विकास लघुवित वितिय संस्थाले अढाईलाख रुपैया सहयोग गरेको छ ।


बैंकको जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई अढाई लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा सहयोगी विकास बैंक , एनसीसी बैंक, लक्ष्मी बैंक, नेपाली काँग्रेस प्रदेश नं. २, सिभिल बैंक, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुच्छ्रे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , भाटभटेनी मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।


प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation