किरणकुमार श्रेष्ठ पुनः राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त

 अर्थ बुलेटिन संवाददाता   २९ चैत, २०७६



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिको यही चैत २७ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम किरणकुमार श्रेष्ठलाई मिति २०७६।१२।२९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियक्ति गरेको छ । 

यस अघि श्रेष्ठ मिति २०७२।१२।२९ गते खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियक्त भएका थिए । श्रेष्ठले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ्ग करिअर सुरु गर्नुभई नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिएका थिए ।

श्रेष्ठले विश्व बैंकको सहयोगमा संचालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसकेकाछन । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेकाछन् । 

बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त हुनु भएका श्रेष्ठलाई बैंक व्यवस्थापन तथा कर्मचारीहरुबाट शुक्रबार बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । 
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation