एनएमबि बैंकद्वारा कोराना रोकथाम कोषमा निरन्तर सहयोग

 अर्थ बुलेटिन संवाददाता   १ बैशाख, २०७७



काठमाडौं ।  एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पु¥याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ ।

बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको छ । बैंकले सरकारलाई देशैभरी रहेका सात वटै प्रदेश कार्यालय मार्फत सात सय वटा पीपीइ बितरण गरिसकेको छ ।


देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड–१९ रोकथाम कोषलाई रुपैयाँ एक करोड ५१ लाख, डा. महावीर पुनः ले नेतृत्व गर्नुभएको राष्ट्रिय अविस्कार केन्द्रलाई रुपैया पाँच लाख, अनलाइन ब्यापारीहरु संग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको आंशिक रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालय मार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोगको हात अघि बढाएको छ । 


वर्तमान समयमा हामीले सामना गरिरहेको चूनौति हामी सबैको लागी अभूतपूर्व हो, यस परिस्थितिमा हामीलाई हाम्रो समुदायको लागी आ–आफ्नो क्षेत्रबाट प्रदान गर्न सक्ने महत्वपूर्ण भुमिकाको लागी उत्प्रेरित गर्दछ ।

एनएमबि बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दीगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारी विरुद्ध सहयोग पु¥याउने अवसरको रुपमा लिएका छौं ।” बैंकद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation