प्रभु पेको बिपन्न बर्ग लक्षित मोवाईल वालेट सार्वजनिक, यस्तो छ प्रयोग गर्ने तरीका

 अर्थ बुलेटिन संवाददाता   १ बैशाख, २०७७



काठमाडौं । प्रभु पे ले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बार फोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ ।

विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासकाबिच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेट बाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ । 

प्रदेश नं. ६ र ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई  वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
 

प्रयोग गर्ने तरीका

एनसेलको सिम भएका साधारण फोन प्रयोगकर्ताले आरजी सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर लेखि ३१०४१ मा एसएमएस गर्नुपर्ने हुुन । त्यसपछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु–पेमा रजिष्र्टण्ड हुन्छ । अब प्रयोगकर्ताले एस्ट्रीक ३१०४१ एस्ट्रीक एमपिआईएन ह्यास थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र हातैबाट सम्पुर्ण सुबिधा प्रयोग गर्न सक्नेछन । । प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सक्नेछन । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation