सि.जि. सिमेन्टमा करिब १० वटा बैंकको लगानी, अगुवाई सानिमाको

 अर्थबुलेटिन संवाददाता   १ सावन, २०७७



काठमाडौं । सानिमा बैंक लिमिटेडको अगुवाई, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र नेपाल एसबिआई बैंक समेतको सहभागितामा सि.जि.सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रा.लि.को क्लिङकर प्लान्टमा कर्जा लगानी गरिएको हो ।

बैकका अनुसार १९५० टिपिडी बाट २९५० टिपिडीमा विस्तार गर्न आवश्यक थप कर्जा दुुई अर्ब ३७ करोड ८० लाख गरी कुल नौ अर्ब छ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबिच २०७४ पुस सात गते सहबित्तीयकरण सम्झौता भएको थियो । उक्त सम्झौता बमोजिम मंगलबार पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको सानिमा बैंकले जानकारी दिएको छ ।

उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका हुुन ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation