अब एसबिएल रेमिटको भुक्तानी इजीलिंकबाट

 अर्थबुलेटिन संवाददाता   १ सावन, २०७७



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रुपमा इजीलिंक रेमिट्यान्सलाई नियुक्ती गरि भुक्तानी गर्ने सम्बन्धि सम्झौता भएको छ ।

एसबिएल रेमिटको प्रिन्सिपल एजेन्टको रुपमा नियुक्ती भएको उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम ले हस्ताक्षर गरे ।

यस सम्झौता संगै सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिट मार्फत विश्वका बिभिन्न देशहरुबाट पठाएको रकम इजीलिंक रेमिट्यान्सको नेपालभरी रहेको ६५०० भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने छ ।

सम्झौतापछि इजीलिंक रेमिट्यान्सले एसबिएल रेमिटका सेवाग्राहीहरुले थप सहज तवरले नेपालको जुनसुकै स्थानबाट इजीलिंक रेमिट्यान्सको नेटवर्क मार्फत पैसा निकाल्न सकिने र नेपाली दाजुभाइ दिदीबहिनीहरुले बिदेशबाट पठाएको पैसालाइ छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु¥याउन थप सहज हुने इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले बताए ।

इजीलिंक रेमिट्यान्सले बिगत २२ बर्षदेखी विश्वका बिभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation