बाढीपीडितलाई नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोग

 अर्थबुलेटिन संवाददाता   २ सावन, २०७७



काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट बैंक लि. (एनआईबीएल) ले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले  आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक, बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक, धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक, देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी, ज्ञाननाथ ढकाल ज्यूलाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरिदिएका हुुन ।

सो अवसरमा प्रहरी नायब उपरीक्षक, किरणजंग कुँवर र एनआईबीएल जलजला शाखा प्रबन्धक, दिलेश अर्याल पनि उपस्थित गरेका थिए । बैंकले उपलब्ध गराएका पालहरूमा, एउटापालमा दस जनासम्मले आश्रय लिन सक्छन् ।

पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको हो । पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति गर्दछौँ, बैकले भनेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation