दुुई अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै प्रभुु बैंक

 अर्थबुलेटिन संवाददाता   ११ सावन, २०७७



काठमाडौं । प्रभुु बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकका अनुसार यही साउन १९ गतेबाट एक हजार रुपैयाँ अंकित मुल्य कायम रहने गरी २० लाख युनिट ऋणपत्र जारी गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि आठ बर्ष तोकिएको बार्षिक १० प्रतिसत व्याजदरको प्रभुु बैंक डिवेञ्चर २०८४ को खरिदको लागि सर्वसाधारणहरुले न्युुनतम १० कित्ता देखि अधिकतम तनि लाख कित्तासम्मको खरिदको लागि आवेदन दिन सक्नेछन ।

बिक्री प्रर्वन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा यही साउन २३ गते र ढिलोमा भदौ एक गते बन्द हुुने छ । संस्थापकहरुको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिसत सेयर स्वामित्व रहेको बैंकको हाल चुक्ता पुंजी १० अर्ब ३१ करोड ५५ लाख छ हजार छ स २५ रुपैयाँ रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation