

३ जेठ, २०८२ | 16 May, 2025
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिनेव्यवस्था गरेको छ ।
सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि आठ दशमलव ९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा नौ दशमलव ९५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
कोभिढ १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले देशका एक सय ३४ स्थानमा फैलिएको सन्राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट अपेक्षा गरिएको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ।