साँग्रिला डेभलपमेन्ट बैंकको सेयर धितो कर्जा योजना सुरु

 अर्थबुलेटिन संवाददाता   १२ सावन, २०७७



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयर धितो कर्जा योजना सुरु गरेको छ । बैकले आफ्ना ग्राहकलाई लक्षित गरि सांग्रिला सेयर कर्जा योजना सुुरु गरेको हो । यस योजनामा नौ दशमलव ९९ प्रतिशत व्याजदरमा सेयर खरीद अगाडि नै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिने बैंकले जनाएको छ ।

यो योजना अन्र्तगत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपघट गर्न सक्नेछन् । बैंकले हाल सबै क्षेत्रमा गरी ९१ शाखा कार्यालयहरु र ३० एटिएम मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation