लुम्बिनी नेत्र विज्ञान संस्थानलाई एभरेष्ट बैंकको सहयोग

 अर्थबुलेटिन संवाददाता   १८ सावन, २०७७



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका रण अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अटोरेफ्रेक्तोरमिटर र केरातोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ । दृष्टी दोष पत्ता लगाईसकेपछि प्रयोग हुने चस्माको पावर जांचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ ।

१० लाख १५ हजार मुल्य बरावरको रहेको उक्तउपकरण अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरे ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय , १२४ एटिएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेटर एमएमएस बैकिंग  सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation