नेप्से सुचक तथा कारोवार रकम दुुबै उच्चरुपमा बढे

 अर्थबुलेटिन संवाददाता   १८ असोज, २०७७



काठमाडौं । आईतबार नै नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्चरुपमा बढेको छ । नेप्से आज १४ दशमलव ७१ अंकले बढेर १५ सय ८५ दशमलव ७५ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव १९ अंकले बढेर तीन सय १२ दशमलव ३५ अंकमा पुगेको छ ।

नेप्सेमा आज एक सय ९३ वटा कम्पनीहरुको ४२ हजार दुई सय १४ पटकको कारोवारमा एक करोड पाँच लाख २९ हजार एक सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार सात सय १९ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार हुंदा आज सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव ५६ अंकले बढेर १२ सय ७४ दशमलव चार अंंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि २४ दशमलव सात अंकले बढेर आठ हजार ६८ दशमलव ११ अंकम पुुगेको छ ।

यि बाहेक विकास बैंक, जलविद्युुत, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा कर्पोरेट डेभपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा युनियन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation