झण्डै ४ अंकले घट्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   १९ असोज, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज तीन दशमलव ६३ अंंकले घटेर १५ सय ८२ दशमलव १२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ११ अंकले बढेर तीन सय १२ दशमलव ४६ अंकमा पुुगेको छ ।

एक सय ९३ कम्पनीहरुको ३९ हजार पाँच सय ८७ पटकको कारोवारमा ९५ लाख १८ हजार सात सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ८९ अंकले घटेर १२ सय ७० दशमलव १५ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव १८ अंकले घटेर सात हजार नौ सय ५२ दशमलव ९३ अंंकमा पुुगेको छ ।

यसैगरी लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन् । विकास बैंक समुहको सुचक भने २४ दशमलव ४९ अंकले बढेर १९ सय ९४ दशमलव ८७ अंकमा चढेको छ । यि बाहेक होटल, जलबिद्युत, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कामना सेवा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुुचीमा पहिलो स्थानमा प्रोग्रेसिभ फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation