४ अंकले बढ्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   २० असोज, २०७७



काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से बढेको छ । नेप्से आज चार दशमलव १७ अंकले बढेर १५ सय ८६ दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७६ अंकले बढेर तीन सय १३ दशमलव २२ अंकमा पुुगेको छ ।

एक सय ९५ कम्पनीहरुको ३६ हजार सात सय पटकको कारोवारमा ९१ लाख ७६ हजार २३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ३० करोड ७१ लाख ४७ हजार नौ सय ११ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेको छ । सो मध्ये वाणिज्य बैक समुहको सुचक शुन्य दशमलव ४६ अंकले घटेर १२ सय ६९ दसमलव ६९ अंकमा पुुग्दा नीर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

बिकास बैंक समुहको सुचक भने सात दशमलव नौ अंकले बढेर दुुई हजार एक दशमलव ९५ अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेरुडे लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज सानिमामाई हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation