आज फेरि नेप्सेमा पहिरो, लगानीकर्ता निराश

 अर्थबुलेटिन संवाददाता   २२ असोज, २०७७



काठमाडौं । नेप्से आज बिहिबार ११ दशमलव ३४ अंकले घटेर १५ सय ८९ दशमलव ६३ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले घटेर तीन सय १४ दशमलव ७४ अंकमा झरेको छ ।

एक सय ९३ कम्पनीहरुको ४८ हजार एक सय ९९ पटकको कारोवारमा एक करोड ११ लाख ६४ हजार पाँच सय छ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ९० करोड ५० लाख ५७ हजार नौ सय ६६ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार हुँदा तीन समुहको सुचक बढेर बाँकी नौ वटा समुुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ७१ अंकले घटेर १२ सय ६६ दशमलव ५१ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ७४ दशमलव ३१ अंकले घटेर सात हजार आठ सय ९७ दसमलव ६८ अंकमा पुुगेको छ ।

विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक भने आज बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation