नेप्सेमा उच्च गिरावट, लगानीकर्ता चिन्तित

 अर्थबुलेटिन संवाददाता   २५ असोज, २०७७



काठमाडौं । नेप्से आज आईतबार १३ दशमलव ३७ अंकले घटेर १५ सय ७६ दशमलव २७ अंकमा पुगेको छ । सेन्सिटिभ पनि तीन दशमलव एक अंकले घटेर तीन सय ११ दशमलव ७३ अंकमा पुगेको छ ।

एक सय ९३ कम्पनीहरुको ३७ हजार पाँच सय १५ पटकको कारोवारमा ९२ लाख ८१ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ३९ करोड ५४ लाख ३२ हजार पाँच सय ९९ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा हुँदा फाईनान्स बाहेक सबै समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १० दशमलव पाँच अंकले घटेर १२ सय ५६ दशमलव एक अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि २७ दशमलव ७५ अंकले घटेर १३ सय ७४ दशमलव ९३ अंकमा पुगेको छ ।

यि बाहेक विकास बैक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।   नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अपी पावर लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation