झिनो अंकले बढ्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   २६ असोज, २०७७



काठमाडौं । नेप्से आज सोमबार भने एक दशमलव ७४ अंकले बढेर १५ सय ७८ दशमलव एक अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३७ अंकले बढेर तीन सय १३ दशमलव १० अंकमा पुगेको छ ।

एक सय ८९ कम्पनीहरुको ३१ हजार आठ सय ३७ पटकको कारोवारमा ६८ लाख १५ हजार सात सय १० कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ९४ करोड ४९ लाख ६० हजार एक सय ९४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा सात वटा समुहको सुचक घटेर पाँच वटा समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ३९ अंकले बढेर १२ सय ५८ दशमलव ४० अंकमा पुग्दा विकास बैक, होटल, ट्रेडिङ र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् ।

जलबिद्युुत समुहको सुचक भने आज सात दशमलव १२ अंकले घटेर १३ सय ६७ दशमलव ८२ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि १२ दशमलव २१ अंकले घटेर सात हजार सात सय ९९ दशमलव ११ अंकमा पुगेको छ । जलबिद्युुत, जीवन बीमा, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मुक्तिनाथ विकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सबैको लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज मुक्तिनाथ विकास बैंक नै पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation