नेप्से आज पनि ओरालो लयमा

 अर्थबुलेटिन संवाददाता   २७ असोज, २०७७



काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से घटेको छ । नेप्से आज नौ दशमलव ४२ अंकले घटेर १५ सय ६८ दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंकले घटेर तीन सय ११ दशमलव ४१ अंकमा पुुगेको छ ।

एक सय ९३ कम्पनीहरुको २८ हजार छ सय ४० पटकको कारोवारमा ६७ लाख ८२ हजार नौ सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार नौ सय ७७ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव सात अंकले घटेर १२ सय ५० दशमलव ७० अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि २७ दसशमलव ८४ अंकले घटेर १३ सय ३९ दशमलव ९७ अंकमा पुगेको छ ।

यि बाहेक विकास बैक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन् । ट्रेडिङ, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ज्योति विकास बैक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation