बाग्लुङको शेराबजारमा राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा

 अर्थबुलेटिन संवाददाता   ४ कार्तिक, २०७७



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार समुदघाट्न गरेका हुुन् ।

उक्त अवसरमा जैमिनि नगरपालकिाका नगर प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए ।

बैक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनि नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation