आज पनि नेप्सेमा उछाल, लगानिकर्तामा खुशीयाली

 अर्थबुलेटिन संवाददाता   २६ कार्तिक, २०७७



काठमाडौं । आज बुधबार पनि नेप्सेले छलाङ मारेको छ । नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १७ सय सात दशमलव ६७ अंकमा चढेकोमा सेन्सिटिभ पनि पाँच दशमलव २३ अंकले बढेर तीन सय ३५ दशमलव ६२ अंकमा चढेको छ ।

एक सय ९५ वटा कम्पनीहरुको ३६ हजार आठ सय ९३ पटकको कारोवारमा एक करोड २५ लाख २३ हजार छ सय ५१ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम चार अर्ब नौ करोड ९६ लाख चार हजार सात सय ४२ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुंदा फाईनान्स समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १४ दशमलव ८८ अंकले बढेर १३ सय १० दशमलव   ८४ अंकमा चढेकोमा विकास बैंक, निर्जिवन बीमा, जलबिद्युुत, लघुुबित्त,  जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंंकले बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ । बढी रकम कारोवारका आधारमा भने आज नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation