आज देखियो नेप्सेमा उछाल, लगानीकर्ता मख्ख

 अर्थबुलेटिन संवाददाता   ३ मंसिर, २०७७



काठमाडौं । नेप्से आज बुुधबार २३ दशमलव ३२ अंकले बढेर १७ सय ४१ दशमलव ८१ अंकमा चढेको छ ।  सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव आठ अंकले घटेर तीन सय ३८ दशमलव नौ अंंकमा झरेको छ ।

एक सय ९४ कम्पनीहरुको ४३ हजार छ सय ७३ पटकको कारोवारमा एक करोड १६ लाख ७४ हजार आठ सय ७५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम चार अर्ब ७९ करोड १० लाख ४१ हजार छ सय ४९ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक घटेर नौ वटा समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैक समुहको सुचक एक दशमलव २८ अंंकले घटेर १३ सय १९ दशमलव ७८ अंकमा झर्दा विकास बैंक र जलबिद्युुत समुहको सुचक पनि घटेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने आज तीन सय ९७ दशमलव ४८ अंकले बढेर नौ हजार दुुई सय ११ दशमलव ४८ अंकमा चढेकोमा जीवन बीमा, फाईनान्स, लघुुबित्त, ट्रेडिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation