सबैभन्दा बढी आयकर बुझाएवापत नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सम्मान

 अर्थबुलेटिन संवाददाता   ७ मंसिर, २०७७



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सबैभन्दा बढी आयकर बुझाए वापत सम्मानपत्र प्राप्त गरेको छ । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित नवौं राष्ट्रिय कर दिवस २०७७ विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदाता मध्ये आ.व.२०७६/७७ मा सबैभन्दा बढी आयकर बुझाउने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई सम्मान–पत्रप्रदान गरी कदर गरेको हो ।

उक्त सम्मान–पत्रआन्तरीक राजश्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुुन् ।

आज आईतबार आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ विशेष कार्यक्रममा उक्त कार्यालयले बैकलाई उक्त सम्मानपत्र प्रदान गरेको हो ।

दीर्घकालिन स्रोत संकलनमार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले गत मंसिर ३ गते दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरिसकेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation