उच्च अंकले बढ्यो नेप्से, लगानिकर्तामा खुशीयाली

 अर्थबुलेटिन संवाददाता   ९ मंसिर, २०७७



काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुुबै बढेकाछन् । आज  नेप्से २९ दशमलव ६८ अंकले बढेर १८ सय १० दशमलव ११ अंकमा पुुगेको छ भने सेन्सिटिभ चार दशमलव ४२ अंकले बढेर तीन सय ४९ दशमलव ३७ अंकमा पुुगेको छ ।

आज एक सय ९६ कम्पनीहरुको ४९ हजार सात सय ८२ पटकको कारोवारमा एक करोड १७ लाख ४८ हजार चार सय ७० कित्ता सेयर खरिद बिक्री भएकाछन् भने सेयर कारोवार रकम पाँच अर्ब ४४ करोड २९ लाख एक हजार पाँच सय ३९ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा होटल बाहेक सबै समुहको सुचक बढेकाछन् ।

सो मध्ये वाणिज्य बैक समुहको सुचक एक दशमलव ४४ अंकले बढेर १३ सय ५९ दशमलव ४१ अंकमा चढेकोमा विकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोर्टलस नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सोल्टी होटल लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक पहिलो स्थानमा परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation