आज पनि नेप्सेमा छलाङ, ५ अर्बको सेयर किनबेच

 अर्थबुलेटिन संवाददाता   १० मंसिर, २०७७



काठमाडौं । नेप्सेले आज बुुधबार पनि छलाङ मारेको छ । नेप्से आज ६४ दशमलव सात अंकले बढेर १८ सय ७४ दशमलव ८१ अंकमा पुुग्दा सेन्सिटिभ १२ दशमलव ९६ अंकले बढेर तीन सय ६२ दशमलव ३३ अंकमा पुुगेको छ ।

आज एक सय ९६ वटा कम्पनीहरुको ४२ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री भएकाछन भने सेयर कारोवार रकम पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार चार सय ८८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुँदा होटल समुहको सुचक घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ४० दशमलव चार अंकले बढेर १३ सय ९९ दशमलव ८१ अंकमा पुग्दा जलबिद्युत  निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त, बिकास बिकास बैंक, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष सुचक पनि उच्च अंकले बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार ७८ रुपैयाँमा कारोवार भएको छ । दोस्रो स्थानमा परेको एनएमबि लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पनि १० प्रतिशतले बढेर नौ सय ९० रुपैयाँमा सेयर कारोवार भएको छ । यि बाहेक बिशाल बजार कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदिको सेयर मुल्य पनि बढेकाछन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation