अन्तिम कारोबारका दिन पनि रोकिएन नेप्सेमा छलाङ मार्ने क्रम

 अर्थबुलेटिन संवाददाता   ११ मंसिर, २०७७



काठमाडौं । नेप्सेको कारोवार रकमले आज बिहिबार पनि छलाङ मारेको छ । नेप्से आज १८ दशमलव ४३ अंकले बढेर १८ सय ९३ दशमलव २४ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दशमलव ८५ अंकले बढेर तीन सय ६५ दशमलव १८ अंकमा पुुगेको छ ।

आज दुुई सय एक वटा कम्पनीहरुको ७० हजार तीन पटकको कारोवारमा एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर खरिद किनबेच हुँदा कुुल सेयर कारोवार रकम सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेकाछन् भने सात वटा समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ३७ दशमलव ७६ अंकले बढेर १४ सय ३७ दशमलव ५६ अंकमा पुुृगेकोमा जलबिद्युुत, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

विकास बैक समुहको सुचक भने आज आठ दशमलव ३५ अंकले घटेर २१ सय ४४ दशमलव २७ अंकमा पुुगेकोमा लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल र फाईनान्स समुहको सुचक पनि घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एनएमबि लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation