आज नेप्से झिनो अंकले बढ्यो

 अर्थबुलेटिन संवाददाता   १६ मंसिर, २०७७



काठमाडौं । आज मंगलबार नेप्से सामान्य अंकले मात्र बढेको छ । नेप्से आज तीन दशमलव ३५ अंकले बढेर दुई हजार दशमलव ४० अंकमा चढेकोमा सेन्सिटिभ एक दशमलव ७७ अंकले घटेर तीन सय ८३ दशमलव ७९ अंकमा झरेको छ ।

आज एक सय ९७ वटा कम्पनीहरुको ६७ हजार तीन सय ५५ पटकको कारोवारमा एक करोड ८५ लाख ७६ हजार सात सय आठ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात रुपैयाँ पुुगेको छ ।  
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटाले कमाएकाछन् भने सात वटा समुहले गुमाएकाछन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक ४१ दशमलव ४३ अंकले घटेर १५ सय दशमलव ९४ अंकमा झरेकोमा विकास बैंक, निर्जिवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । जलबिद्युुत समुहको सुचक भने आज ३८ दसमलव ६३ अंकले बढेर १६ सय ३२ दशमलव ३२ अंंकमा चढेकोमा जीवन बीमा, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंकको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी नै परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation